फाइदा पुग्ने दलसँग गठबन्धन गर्ने लोसपाकाे निर्णय

फाइदा पुग्ने दलसँग गठबन्धन गर्ने लोसपाकाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चुनावमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न लोसपाको कार्यकारिणी समिति बैठकले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले यसै साता केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

लोसपाले मत अभावका विषयमा सरकारको ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।