यो वर्ष नासु र खरिदारको विज्ञापन नखुल्ने

यो वर्ष नासु र खरिदारको विज्ञापन नखुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्ष लोकसेवा आयोगले नायब सुब्बा र खरिदार पदको लागि विज्ञापन नखुलाउने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पदपुर्तिसम्बन्धी माग स्थगित गर्ने सम्बन्धमा सूचना जारी गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ, ‘अर्काे व्यवस्था नभएसम्म राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरू रिक्त भए पनि हाललाई माग आकृति फाराम भरी पठाउने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ ।’