हराएका बालक पोखरीमा मृत फेला

हराएका बालक पोखरीमा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर महोत्तरी- महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ः०० बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो ।

पोखरीमा तैरिरहेको बोराभित्र राखेको र बच्चाको खुट्टादेखि रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले बालक मृत अवस्थामा फेला परेको हो । शव बोरामा राखिएको अवस्थामा फेला परेकाले हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताए ।

जलेश्वर नगरपालिका १२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव गत जेठ ७ र वडा नं ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका छन् । दुवै जनाको खोजी भइहरेको छ ।