प्रेमिकाले ज्यान मार्ने धम्की दिएपछि प्रेमी पुगे प्रहरी चौकी


एजेन्सी – एक युवक आफ्नी प्रेमिकाले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी चौकी पुगेका छन् ।  चाल्स ड्ररी आफ्नी पूर्व प्रेमिका केटी प्राइसले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरी चौकी पुगेका द सन डट को डट यूकेको रिपोर्टले उल्लेख गरेको छ ।

द सनमा चाल्सले दिएको रिपोर्टअनुसार बिहीबार राती पुलिसले उनीसँग तीन घण्टा सोधपुछ गरेको र जब उनले केटीलाई फोन गरेर उनको घरबाट आफ्नो कपडा फिर्ता लैजान भने तब केटीले उनलाई धम्की दिएको बताइएको छ ।

चार्ल्सका साथीले भने, ‘चार्ल्सले केटी प्राइसलाई घरबाट आफ्नो कपडा फिर्ता लैजान सक्छिन् भनेर सोधे । त्यसपछि प्राइसले यदि उनी घरको वरिपरिमात्रै देखिए पनि उनलाई मारिदिने धम्की दिइन् । केटी यति धेरै आक्रोशित भएपछि उनी आफ्नो सुरक्षाका लागि चिन्तित छन् ।’

चार्ल्सका साथीका अनुसार चार्ल्सले त्यसपछि पुलिसको सहयोग लिने निर्णय गरेका छन् किनभने उनी कुनै खतरा मोल्न चाहँदैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement