निषेधाज्ञामा अनलाइन व्यवसायलाई नरोक्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

निषेधाज्ञामा अनलाइन व्यवसायलाई नरोक्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा अनलाइन व्यवसायलाई नरोक्न आदेश दिएको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन व्यवसाय नरोक्न अन्तरिम आदेश जारी गरेको हो ।

‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेशमा भनिएको छ ।

अहिलेको परिस्थितिमा संसारमा नै अनलाइन माध्यममार्फत संचालित भई सामाजिक दुरि बढाई संक्रमणको थप जोखिम घटाउनुपर्ने आदेशमा उल्लेख गरेको छ ।