काठमाण्डु – नेकपा एमालेको माधव कुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीले बोलाएको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ ।
बिहीबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो । ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै उक्त बैठकमा सहभागी नहुने निर्णय भएको नेता घनश्याम भुसालले जानकारी दिए ।
पार्टीले शुक्रबारको बैठकमा सहभागी हुन नेपाल-खनाल समूहका नेताहरुलाई पत्र पठाएर २०७५ जेठ २ कै हैसियतमा बोलाएको छ । जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो ।




प्रतिक्रिया