रथीमा बढुवा भएका हमाललाई प्रधासेनापति थापाद्धारा दज्र्यानी चिन्ह प्रदान


काठमाण्डु-  नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । हमाल गत असार ६ गते रथी पदमा बढुवा भएका थिए । सैनिक मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा हमाललाई प्रधानसेनापति थापाले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी ईश्वर हमाल हाल सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ अनडफ मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement