काठमाण्डुमा लुडो खेल्दै गरेका ७ जना पक्राउ

काठमाण्डुमा लुडो खेल्दै गरेका ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले लुडोमा बाजी खेलेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु  महानगरपालिका–१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने ३५ वर्षीय शारदा श्रेष्ठको घरमा जुवातास खेलिरहेका ८ जनालाई ६ बुक तास र नगद १ लाख १९ हजार ४ सय रुपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रही वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ गरेकाहरुबारे प्रहरीले थप अुनसन्धान गरिरहेको जनाएको छ ।