यी हुन् लुम्बिनीमा एमालेका उम्मेदवार (सूचीसहित)

यी हुन् लुम्बिनीमा एमालेका उम्मेदवार (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले लुम्बिनी प्रदेशबाट आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि ६९ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ ।

एमालेले २६ संघीय निर्वाचन क्षेत्र रहेको सो प्रदेशमा २२ र प्रदेशसभाका ५२ क्षेत्रमध्ये ४७ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको हो ।

एमालेले रुपन्देही ३, बाँके २ र रुपन्देही ४ जसपालाई छोडेको छ भने हृदयेश त्रिपाठीको जनता प्रगतिशीललाई नवलपरासी १ छाडेर २२ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

यता ५२ वटा प्रदेशसभा सीटमध्ये तीन सीट राप्रपा र दुई सीट जसपालाई छाडेको छ । राप्रपालाई रुपन्देहीको १ को क, ३ को क र बाँकेको १ को क तथा जसपालाई रुपन्देही ४ का ख र पश्चिमनवलपरासीको २ को ख दिएर अन्य ४७ सीटमा आफ्नै उम्मेदवारलाई मैदानमा पठाएको छ ।

अघिल्लो निर्वाचन २०७४ मा नेकपा माओवादीको समर्थनमा २८ सीट ल्याएको एमालेका लागि यसपटक भने विरासत जोगाउन चुनौती छ । अघिल्लो पटक साथ दिएको माओवादीले यसपटक भने सत्ता गठबन्धनलाई साथ दिएको छ ।

प्रतिनिधिसभातर्फका उम्मेदवार:

रुपन्देही–१ छविलाल विश्वकर्मा

रुपन्देही–२ विष्णुप्रसाद पौडेल

रुपन्देही–५ वासुदेव घिमिरे

दाङ–१ मा शान्ता चौधरी

दाङ–२ मा शंकर पोखरेल

दाङ–३ मा कोमल वली

बाँके–१ मा सूर्यप्रसाद ढकाल

बाँके–३ मा किस्मतकुमार कक्षपति

कपिलवस्तु–१ मा बलराम अधिकारी

कपिलवस्तु–२ मा वृजेशकुमार गुप्ता

कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्ता

बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली

बर्दिया–२ मा पंकजसिंह राठौर

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली

गुल्मी–२ मा गोकर्णराज विष्ट

पाल्पा–१ मा नारायणप्रसाद आचार्य

पाल्पा–२ मा ठाकुर गैरे

पश्चिमपरासी–२ मा दीपेन्द्रकुमार अधिकारी

अर्घाखाँची– टोपबहादुर रायमाझी

रोल्पा– पूर्णबहादुर बुढामगर

प्यूठान– सूर्यबहादुर थापा

रुकुमपूर्व – कैलासकुमार मल्ल

प्रदेशसभाका उम्मेदवार:

रुपन्देही १ (१) दधिराम न्यौपाने (२) राप्रपा तालमेल)

रुपन्देही(२ (१) लीला गिरी र (२) भोजप्रसाद श्रेष्ठ

रुपन्देही(३ (१) तालमेल जसपा, (२) मा तुलसीप्रसाद चौधरी

रुपन्देह(४ (१) मा हजरत अलि र (२) जसपा तालमेल

रुपन्देही(५ (१) भूमिश्वर ढकाल र (२) रामचन्द्र यादव

दाङ(१ (१) गंगाराम भट्टराई र (२) कुलप्रसाद केसी

दाङ(२ (१) बलिभद्र राना र (२) गिरिराज केसी

दाङ(३ (१) घनश्याम पाण्डे र (२) हुकुमबहादुर बस्नेत

बाँके(१ (१) तालमेल राप्रपा, (२) दुर्गाप्रसाद चौधरी

बाँके(२ (१) विजय यादव र (२) निरजबहादुर गुरुङ

बाँके(३ (१) रत्नबहादुर खत्री र (२) भीमबहादुर वली

कपिलवस्तु(१ (१) विष्णु पन्थी र (२) मधुसुधन चौधरी

कपिलवस्तु(२ (१) नवराज लामिछाने र (२) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु(३ (१) अर्जुनकुमार रेग्मी र (२) रजाउर रहमान खाँ

बर्दिया(१ (१) शालिकराम अधिकारी र (२) भक्तबहादुर विक

बर्दिया(२ (१) लहनु चौधरी र (२) कृष्णी थारु

गुल्मी(१ (१) चिन्तामणि पाण्डे र (२) फर्सूराम पाण्डे

गुल्मी(२ (१) डिल्लीराज भुसाल र (२) दिनेश पन्थी

पाल्पा(१ (१) राजुप्रसाद श्रेष्ठ र (२) खिमबहादुर सारु

पाल्पा(२ (१) पर्शुराम भट्टराई र (२) ओमबहादुर घर्ती

पश्चिमनवलपरासी(१ (१) पुन्यप्रसाद पौडेल र (२) दीपकराज शर्मा

पश्चिमपरासी(२ (१) मणिप्रसाद गैरे र (२) तालमेल जसपा

अर्घाखाँची प्रदेशसभा (१) चेतनारायण आचार्य र (२) रामजीप्रसाद घिमिरे

रोल्पा प्रदेशसभा (१) कमल बुढाथोकी र (२) प्रेमबहादुर घर्तिमगर

प्यूठान प्रदेशसभा (१) तुलसीराम शर्मा र (२) हरिप्रसाद रिजाल

रुकुमपूर्व प्रदेशसभा (१) तेजेन्द्र बुढामगर र (२) भावना बुढाथोकी