लुम्बिनीका दुई जना स्वतन्त्र सांसदद्धारा पोखरेललाई नै समर्थन गर्ने घोषणा

लुम्बिनीका दुई जना स्वतन्त्र सांसदद्धारा पोखरेललाई नै समर्थन गर्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै रहने बताएका छन् । सूर्य चिन्हबाट चुनाव जितेका कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका हुन ।

उनिहरुले यसअिघ आफुहरुको समर्थन पोखरेललाई नभएको भन्दै कांग्रेस र माओवादी केन्द्रको गठवन्धनमा रहको बताएका छन् । मुख्यमन्त्री पोखरेल दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएर हिजै सपथ खाइसकेका छन् ।