काठमाण्डु – लुम्बिनी प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।
लुम्बिनीमा कुल २४ वटा निर्वाचन क्षेत्र रहेको छ ।
कपिलवस्तु–३, दाङ–१, बाँके १, २, ३, रुपन्देही १, २, ३, ४, र ५, बर्दिया २ र रुकुम पूर्व–१ मा मतगणना भइरहेको छ ।
मतगणना सुरु भएका क्षेत्रमध्ये ८ वटामा रास्वपा अगाडि छ । एमाले २ वटा, कांग्रेस र नेकपा एउटा क्षेत्रमा अगाडि देखिएका छन् ।
बाँके–२ मा एमालेका मोहम्मद इस्तियाक राई र रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव अगाडि छन् ।
यस्तै कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक शाह तथा रुकुम पूर्वमा नेकपाका पुष्पकमल दाहाल अगाडि छन् ।
बाँकी सबै क्षेत्रम रास्वपा अगाडि देखिएको छ ।




प्रतिक्रिया