लुम्बिनी प्रदेशमा ६ दिनभित्र सरकार गठन गर्न आह्वान

लुम्बिनी प्रदेशमा ६ दिनभित्र सरकार गठन गर्न आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनी प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते अपरान्ह ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्न समय तोकेका हुन् ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्‍त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मु्ख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेशमा ८७ सदस्य छन्। बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।