काठमाण्डु- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् । एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता समेत रहेका गिरी आज लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् ।
सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताएका छन् ।
लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।




प्रतिक्रिया