लुम्बिनी प्रदेश सरकारलाई जसपाको साथ, चार जना मन्त्री बन्दै

लुम्बिनी प्रदेश सरकारलाई जसपाको साथ, चार जना मन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी सहभागी हुने भएको छ ।

सोमबार केहीसमयअघि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार जना नेता मन्त्री बन्ने भएका हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने स्रोतले जानकारी दियो ।

यीमध्ये कल्पना पाण्डेबाहेक अरू सबैले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।