काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनबाट एमाले र नागरिक उन्मुक्तिले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । विपक्षी कांग्रेसले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेले उम्मेदवारी फिर्ता नलिएसँगै नागरिक उन्मुक्तिले गठबन्धन त्याग्ने निर्णय गरेको हो । केन्द्रमा सात दलीय गठबन्धनमा रहेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएको उक्त पार्टीले लुम्बिनीमा भने सत्ता गठबन्धनबाट बाहिरिएको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय, एमालेबाट रोल्पाका कुमार दसौदी र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशन भइसकेको छ।




प्रतिक्रिया