लुम्बिनीमा राष्ट्रियसभाको उपनिर्वाचन जारी


काठमाण्डु- लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हाे ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य यसका मतदाता छन् । दिउसो ३ बजेसम्म हुने मतदानको केही घण्टामै मतगणना सकिने निर्वाचन आयोगले जनाएको छ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।

सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement