लुम्बिनी प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरियाे, अहिलेको संरचनाले थेग्न सक्दैन

लुम्बिनी प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरियाे, अहिलेको संरचनाले थेग्न सक्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या बढेपछि बेड अभाव भएको छ । अस्पतालका बेड भरिएसँगै अस्पताल प्रशासन र चिकित्सकले वैकल्पिक व्यवस्थाको प्रयास सुरु गरेका छन् । हाल अस्पतालमा आइसियु कक्षमा १६ जना र जनरल वार्डमा ६ जनाको उपचार भइरहेको छ ।

अस्पतालले १६ वटा आइसियु र ६ वटा होल्डीङ्ग बेड छुटाइएको अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु प्रसाद पाठकले बताए । जब शङ्कास्पद बिरामीहरू अस्पताल पुग्छन् । तर, उनीहरूलाई पिसीआर रिपोर्ट नआउँदासम्म होल्डीङ्ग वेडमा राखेर स्वास्थ्य परीक्षण गरिँदै आएको उनले बताए । अस्पतालमा अहिले २२ जना संक्रमीतको उपचार भइरहेको छ ।

पूर्वाधार अभावमा होल्डीङ्गका लागि बनाइएको बेडमै पनि बिरामीहरू राखेर उपचार गरिएको छ भने १६ जना आइसियुमा उपचाररत छन् । अस्पतालको पूर्वाधारले नभ्याएपछि विराीहरुलाई अन्य अस्पतालमा पठाइएको उनले बताए । उनले भने, ‘हाम्रो पूर्वाधारले थेग्ने अवस्था नआएपछि अहिले निजी अस्पतालहरूसँग सहकार्य गरेर उतै पठाउने गरेका छौँ ।’

साथै कतिपय सामान्य लक्षण भएका सङ्क्रमितहरूलाई घरमै बस्न आग्रह गरेको उनले बताए । जनशक्ति पर्याप्त छ भन्ने काठमाण्डुपाटीको प्रश्नमा उनले भने, ‘अहिले उपचाररत विरामीका लागि हामी पर्याप्त छौँ तर भोलिका दिनमा आउने बिरामीलाई अहिलेको जनशक्तिले सेवा दिन भ्याउँदैन त्यसैले अस्पतालले अहिले जनशक्तिको माग गरिरहेको छ ।’

कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका आवश्यक सुविधासहितको एचडीयु युनिट थप्ने तयारी भइरहेको उनले जानकारी दिए । साथै हाइ डिपेन्डेन्ट युनिट (एचडियु ) ३२ देखी ३६ शैयाको बनाउने तयारी पनि भइरहेको छ । भोली देखि नै संचालनमा आउनेगरी एचडियु युनिट थप्ने तयारी भइरहेको बताइएको छ ।

प्रादेशिक अस्पताल मात्र नभई लुम्बिनी प्रदेशका सबै जसो अस्पताल कोरोना संक्रमीत बिरामीले भरिएका छन् । लुम्बिनीका दाङ, बाँके, रुपन्देही र बर्दियामा दिनहुँ कोरोनाको जटिल प्रकृतिका सङ्क्रमित थपिने क्रम बढ्दोछ ।

मंगलबारसम्म लुम्बिनी प्रदेशमा भेन्टिलेटरमा २२, आइसियुमा एक सय ८१, आइसोलेसनमा सात सय ७४ जनाको उपचार भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी नेत्रलाल अर्यालले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ५ हजार ५ सय ७४ जना होम आइसोलेसनमै बसेका छन् । लुम्बिनीमा मंगलबारसम्म सङ्क्रमणबाट ५ सय २ जनाको मृत्यु भएको सुचना अधिकारी अर्यालले जानकारी दिए ।