लुम्बिनीका मुख्यमन्त्रीले पनि गरे माओवादीका मन्त्रीलाई बर्खास्त

लुम्बिनीका मुख्यमन्त्रीले पनि गरे माओवादीका मन्त्रीलाई बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लुम्बिनी प्रदेशबाट पनि माओवादीका मन्त्रीहरूलाई बर्खास्ती गरिएको छ। बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बर्खास्त गरेका हुन्।

यसअघि केन्द्रको गठबन्धन फेरिएसँगै गण्डकी र सुदूरपश्चिम प्रदेशबाट मंगलबार नै माओवादीका मन्त्रीहरू बर्खास्ती भइसकेका छन्। यी दुई प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ। बागमती प्रदेशबाट पनि कांग्रेसका मन्त्रीहरूले आजै सामूहिक राजीनामा दिने बताइएको छ।