सरकारमा दाबी पेश गर्न विपक्षी गठबन्धनका नेता प्रदेश प्रमुखकाे कार्यालय पुगे, मुख्यमन्त्रीमा कुलप्रसाद केसी

सरकारमा दाबी पेश गर्न विपक्षी गठबन्धनका नेता प्रदेश प्रमुखकाे कार्यालय पुगे, मुख्यमन्त्रीमा कुलप्रसाद केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुले आज सरकारमा दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

४२ जना सांसदको हस्ताक्षर बोकेर सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरु प्रदेश प्रमुख अमिक शेरचन समक्ष पुगेका हुन् ।

कांग्रेसका सचेतक विरेन्द्र कुमार कनौडियाले अहिले आफूहरु सरकारमा दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालयमा रहेको जानकारी दिए । उनकाअनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई अघि सारिएको छ ।

प्रदेश प्रमुख शेरचनले बुधबार सरकारमा दाबी पेश गर्न दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।