काठमाण्डु – लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सत्तारुढ दलहरूबीच ५ बुँदे सहमति भएको छ ।
माओवादी, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतले महरालाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् ।
प्रदेश सरकारबाट हुने राजनीतिक नियुक्तिमा सरकारमा सहभागी सबै राजनीतिक दलहरूले अपनत्व हुने गरी गर्ने सहमति पनि भएको छ ।
कूल ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ ।
लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद छन् । यी दलहरू मिल्दा ४५ सांसदसहित बहुमत पुग्छ । लुम्बिनीमा कांग्रेसका २७ सांसद छन् ।





प्रतिक्रिया