दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन् ।
बिहीबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि चौधरी नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बाहिरिएका थिए ।
मुख्यमन्त्री चौधरीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेका बेला उनले राजीनामाको घोषणा गरेका छन् ।
प्रदेशसभा बैठक हुनुअघि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा १ स्वतन्त्र सांसदले माओवादीका दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन् ।




प्रतिक्रिया