बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाडेको छ ।
एमालेका ५ मन्त्रीहरूले बिहीबार मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाएका छन् ।
केन्द्रीय राजनीतिमा नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा दिएका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको पत्र बुझाएका छन् ।




प्रतिक्रिया