लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिँदै, पक्षमा मतदान गर्न ‘ह्वीप’

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भोलि विश्वासको मत लिँदै, पक्षमा मतदान गर्न ‘ह्वीप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिने भएका छन् ।

मंगलबार दिउँसो बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

जसपा नेपाल, नागरिक उन्मुक्ति र लोसपाले पनि विश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्री आचार्य साउन ७ गते कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जसपा नेपालका १, लोसपाका ३ र जसपाका २ सांसद छन् ।

कूल ८७ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउन ४४ सांसदको समर्थन आवश्यक छ ।