लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ,तीन मन्त्री विना विभागीय

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले लिए शपथ,तीन मन्त्री विना विभागीय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ  – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

चौधरी बिहिबार मुख्यमन्त्री नियुक्त भएका थिए। आजै थप तीन मन्त्रीलाई नियुक्त गरेर शपथ खुवाइएको छ । माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।