काठमाण्डु – सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गण्डकीका प्रदेश प्रमुख सीता कुमारीलाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्त गरेको हाे ।
त्यस्तै लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई पठाइएको छ । सरकारले दुबै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
यसअघि ओली सरकारले गण्डकीमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।
त्यसैगरी संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी पठाइएको हो ।




प्रतिक्रिया