लुम्बिनी अस्पतालमा कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

लुम्बिनी अस्पतालमा कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

फोक्सोमा समस्या देखिएका ती पुरुषको आईसीयुमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । मृतक ती संक्रमित प्रादेशिक अस्पतालमा तीन दिनदेखि उपचाररत थिए ।

ती पुरुषको सुरुको रिपोर्ट नेगेटिभ आए पनि रि–परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए ।