४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी

४४ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

बिहीबार नै सत्ता साझेदार दलहरूको बैठकले  महरालाई मुख्यमन्त्रीमा दाबी पेसका लागि अघि बढाउने निर्णय गरेको थियो ।

महरालाई एमालेका २९, माओवादीका १०, जसपाका ३,नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेतसहित ४४ सांसदले समर्थन गरेका छन् । बिहीबार कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाको विशेष अधिवेशनलाई गरेर पदबाट राजीनामा दिएका हुन् ।