लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज शपथ लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा शपथग्रहणकाे कार्यक्रम हुन लागेको हो। प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयले  जनाएकाे छ।

एमाले,जनता समाजवादी एकीकृत समाजवादी,नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

केन्द्रको सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले गत बिहीबार पदबाट राजीनामा दिएका थिए।