पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताएका छन् ।

आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताएका हुन्।

उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए । उनले सन्देशमा भनेका छन्, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।”

उनले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति उच्च सम्मानसमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र तीनवटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भएको भन्दै एक घन्टाको यात्रामा तीनवटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने संयोग संसारमा कहीँ कतै नभएको समेत सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement