काठमाण्डु- लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् । बुधवार मुख्य न्यायाधीवक्ता डिसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले विज्ञप्ति जारी गर्दै मुख्य न्यायाधीवक्ता डिसीले नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड क बमोजिम प्रदेश प्रमुख समक्ष राजीनामा दिएको जनाएका छन् ।





प्रतिक्रिया