बुटवल- नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भदौ १ र २ गते पनि एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको थियो । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।
एमालेले आफूले कारबाही गरेका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरू दुवै जना सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् ।





प्रतिक्रिया