लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री ?

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।   गठबन्धन दलहरूले मन्त्रीको नाम टुंग्याएपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । आजै सपथ ग्रहण  कार्यक्रम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले बताए ।

 नेपाली कांग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने सहमति जुटेको छ ।

राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल बिक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको काँग्रेसका  प्रमुख सचेतक फखरुद्दिन खानले बताए । यसअघि साउन २८ गते कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी  पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् भने सोही पार्टीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् ।  यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् ।

माओवादीले योपटक आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएको मन्त्रालयमा नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए । रमा लुम्बिनीमा नेकपा एकीकृतको तर्फबाट एकमात्र सांसद हुन् ।

साउन २८ गते गठबन्धन सरकार बनेपनि दलहरूबीच मन्त्रालयको भागबण्डामा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको थियो ।