काठमाण्डु- लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख शेरचनले शुक्रबार प्रदेशप्रमुखको कार्यालय बुटवलमा पदभार ग्रहण गरेका हुन् ।
उनले पदभार ग्रहण गर्दै सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी उनले संविधानको पालना गरी अगाडी बढ्ने बताए । सरकारले गत मंगलबार लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया