दाङ – लुम्बिनी प्रदेश प्रहरीले मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सुरुमा बन्द गरी स्थानीय प्रशासनकै मिलेमतोमा पुनः उद्योग सन्चालन गरिएको समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई तत्काल ती क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका हुन्
यसअघि दाङका स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी र लिज्जा प्रहरी प्रमुखकै मिलोमतोमा बन्द क्रसर खोल्ने पहल गरिएको आरोप लगाएका थिए ।
प्रदेश प्रहरी कार्यालयबाट पठाइएको पत्रमा अबैध क्रसर खुलाउने कार्यमा प्रहरीको संग्लग्नता देखिए जिल्ला प्रहरी प्रमुखलाई विभागीय कारबाहीको चेतावनीसमेत दिइएको छ । एसपी चन्द भने दाङबाट सरुवाको तयारीमा छन् ।





प्रतिक्रिया