लुम्बिनी प्रदेशसभा बैठक स्थगित, अर्को बैठक भदौ ३० गते बस्ने

लुम्बिनी प्रदेशसभा बैठक स्थगित, अर्को बैठक भदौ ३० गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको प्रदेश सभाको बैठक योपटक पुनः स्थगित भएको छ । प्रदेश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुन नसकेपछि १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडान लिएका छन् । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।