लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेश सभाको बैठक बुधबार पनि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

एमालेले आफूले कारबाही गरेका सांसदहरू अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गरेको छ । एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् ।