लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही- लुम्बिनी प्रदेशसभाको बैठक बुधबार बस्दैछ । मंगलबार विपक्षी दलका कारण स्थगित भएको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । हिजोको बैठकमा बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलार्ई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गरेका थिए ।

उनले विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही नहुँदासम्म विपक्षी दलले बैठक चल्न नदिने बताए । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रियाअनुसार अघि बढाउने बताएका थिए । त्यसपछि एमालेका सदस्यले उठेर विरोध जनाए ।

विपक्षी दलका सदस्यले टेबुल ठोकिरहँदा सभामुख घर्तीले प्रदेशसभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठन भएको जानकारी प्रदेशसभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।