काठमाण्डु – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका छन् । नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनका ४१ जना सांसदले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
आफूहरुसँग बुहमत रहेको दाबी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसारको सरकार गठन आह्वानको लागि निवेदन दिएको नेपाली कांग्रेसका सचेतक फखरुद्धीन खानले जानकारी दिए ।
लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका २०, कांग्रेसका १९ र जसपाका ६ जना, एमालेबाट ४१ जना सांसद र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन कूल ४४ सांसद आवश्यक पर्नेमा अहिले ४१ जनाको समर्थन छ ।
प्रतिक्रिया