मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल गर्न लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल गर्न लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेविरुद्ध अविश्वासको प्रस्ताव भएपछि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा ३ अनुसार साउन २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाइएको हो ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा परेको भन्दै विपक्षी दलहरुले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए । आफूहरुसँग बहुमत रहेको भन्दै विपक्षी दलले ४१ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

सोमबार नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चासहितका दलले हस्ताक्षर बुझाएका हुन् ।