लुम्बिनीमा नयाँ सरकार गठन प्रक्रिया : माओवादी र कांग्रेसले आठ–आठ महिना सरकार चलाउने

लुम्बिनीमा नयाँ सरकार गठन प्रक्रिया : माओवादी र कांग्रेसले आठ–आठ महिना सरकार चलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको बाटो खुुलेको छ ।

प्रदेशसभामा अल्पमतमा परेका पोखरेलले आज राजीनामा दिएपछि विपक्षीहरुका लागि नयाँ सरकार गठनको बाटो खुलेको हो । गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

मुख्यमन्त्री पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भएका छन् । उनले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

लुम्बिनीमा माओवादी केन्द्रका संसदीय दलका नेता कूलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो । केसीपछि कांग्रेसबाट संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ । नेता कनौडियाले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिए ।

उनकाअनुसार बाँकी रहेको १६ महिनामा ८ महिना माओवादीको नेतृत्वमा सरकार सञ्चालन हुने र ८ महिना कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सहमति भएको छ ।

लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका २०, कांग्रेसका १९ र जसपाका ६ जना, एमालेबाट ४१ जना सांसद र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् ।