लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभा अधिवेशन  अन्त्य गर्न सिफारिस गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपषिद्को बैठकले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।

बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशसभा अधिवेशन आवश्यक नरहेको भन्दै अन्त्यका लागि सिफारिस गरेको हो ।

मुख्यमन्त्री पोखरेलले आजै पदबाट राजीनामा दिएका थिए । पोखरेलविरुद्ध माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव प्रदेसभामा पेश गरेका थिए । आज अविश्वासको प्रस्तावबारे छलफल गर्ने कार्यसूची रहेको थियो ।