लुम्बिनीका सांसदद्वय पन्थी र घर्तीले छोडे माधवको साथ

लुम्बिनीका सांसदद्वय पन्थी र घर्तीले छोडे माधवको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशसभाका दुई जना सांसदले गुट परिवर्तन गरेका छन् । लुम्बिनी प्रदेशसभाका सांसदद्वय विष्णु पन्थी र रमा घर्तीले नेता माधव कुमार नेपालको साथ छोडेका हुन् ।

सांसदद्वय पन्थी र घर्तीले पार्टी विभाजनको पक्षमा नभएको भन्दै आफुहरु संस्थापन पक्षमै रहेको बताए । सरकारले बुधबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै नेता नेपालले एमाले विभाजन गरेर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेपालकै कोटामा टिकट पाएर पन्थी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन भने पाल्पाबाट समानुपातिक सांसद हुन् ।