लुम्बिनीमा जसपाका तीन जना सांसद पदमुक्त

लुम्बिनीमा जसपाका तीन जना सांसद पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन जना सांसद पदमुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेपनि पार्टीको नीति र विधान विपरित सरकारमा रहेकाले सांसदबाट पदमुक्त भएको सचिवालयले जनाएको छ । उनीहरु तीन जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री छन् ।