रुपन्देही – सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती असन्तुष्ट बनेका छन् । घर्ती माओवादी केन्द्रको कोटाबाट सभामुख बनेका हुन । उनले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख धर्मनाथ यादवसंग छलफल गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिइससेपछि संसदको अधिवेशन अन्त गरेको भन्दै सभामुख घर्ती असन्तुष्ट बनेका हुन । सरकारले आजै दिउंसो बस्ने अधिवेशन अन्त्यको लागी प्रदेश प्रमुख समक्ष सिफारीस गरेको थियो ।
लुम्बिनीमा एमाले बहुमतको सरकार बनाउने तयारीमा जुटेको छ । उता माओवादी केन्द्रका नेता कुलबहादुर केसीले पनि आजै आफुसंग बहुमत भएको भन्दै मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेको स्रोतको दावी छ ।




प्रतिक्रिया