बक्यौता रकम नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

बक्यौता रकम नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् ।

उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकराी दिए ।

करिव २१ करोड रूपैयाँ किसानको बक्यौता भुक्तान गर्न बाँकी रहेको मिलले १ करोड रूपैयाँ भने बैंकमा दाखिला गरेको खुलेको छ ।

९० करोड रूपैयाँ भुक्तानी दिन तीन वर्ष हुँदा पनि नपाएको भन्दै गत मंसिर २८ देखि किसानले काठमाण्डुमा आन्दोलन सुरु गरेपछि उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको थियो ।

सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धतासहितका ४ बुँदे सहमति गरेपछि आन्दोलनरत किसानले पुस १३ मा आन्दोलन स्थगित गरेका छन् ।