लुम्बिनी पिस म्याराथनको उपाधि सेनाका श्रेष्ठलाई, पाए एक लाखको पुरस्कार


कपिलवस्तु– लुम्बिनी पिस म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन्।

बिहीबार भएको म्याराथनमा श्रेष्ठले ४२ दशमलव १९८ किलोमिटर दूरीेको म्याराथन २ घण्टा ५४ मिनेट ५३ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।

म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल द्वितीय र खगेन्द्र भट्ट तृतीय भएका छन्। रिमालले २ घण्टा ५७ मिनेट २४ सेकेन्डमा दौड पुरा गरे भने भट्टले ३ घण्टा ३ मिनेट ४० सेकेण्डमा रिमाललाई पछ्याउँदै तृतीय भएका हुन्।

म्याराथनमा प्रथम भएका श्रेष्ठले १ लाखको लुम्बिनी अशोक पुरस्कार, द्वितीय हुने रिमालले ७५ हजारको कपिलवस्तु हुएन सान पुरस्कार र तृतीय भट्टले ५० हजारको मायादेवी गार्डेन उथान्त पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा पिस म्याराथन आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement