काठमाडौं – ल्यापटप र मोबाइल लुटपाट भएको घटनामा संलग्न रामेछाप घर भएका ३६ वर्षीय देब खड्का सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित पैदलयात्रीको साथबाट लेनोभो कम्पनीको ल्यापटप १ थान र मोबाइल १ थान लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई उक्त ल्यापटप र मोबाइल सहित फेला पारी काठमाडौं महानगरपालिका-२७ महाबौद्धबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया