काठमाण्डु – अमेरिकाले नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अमेरिका भ्रमणको निम्तो दिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल निकट स्रोतले दिएको जानकारीअनुसार दाहाललाई नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले भेटेर अमेरिका भ्रमणको निम्तो दिएका हुन् ।
अमेरिकी राजदूत रेण्डी बेरी देश बाहिर भएकाले कार्यबाहक राजदूत मिक्यालरले जुन ९ मा प्रचण्डलाई भेटेर निम्तो हस्तान्तरण गरेको स्रोतले दावी गरेको छ । भेटमा अर्थमन्त्री जनार्दन शर्मा समेत सहभागी थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहाल र मिक्यालरबीच स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र टिआरसीको बारेमा समेत छलफल भएको थियो । दाहालले एसपीपीमा हस्ताक्षर नगर्न प्रधानमन्त्री देउवालाई दबाव बढाएका छन् । संगसंगै दाहाल देउवासंगै अमेरिका जाने तयारीमा रहेको स्रोत बताउंछ ।
तर, उनले अमेरिका भ्रमणमा गएर टिआरसी फाइनल गर्ने चाहना व्यक्त गरेका छन् । त्यसका लागि दाहालले प्रधानमन्त्री पत्नी आरजु राणा र कानुनमन्त्री गोविन्द बन्दीसंग समेत पटक पटक छलफल गरेका छन् । दाहालले आफु निकट नेता शक्ति बस्नेतलाई यो कामको जिम्मा लगाएका छन् ।
प्रधानमन्त्री देउवा जुलाईको मध्यतिर अमेरिका भ्रमणमा जानेमा छन् । उनले सत्तारुढ दलका नेताहरुको बैठकमा बुधबार मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठने गरी कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।
गठबन्धनको बैठकमा देउवाले मुलुकको अहितमा हुने सम्झौता जसले दबाब दिएपनि आफुले नगर्ने स्पष्ट पारेका थिए । उनि निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले एसपीपीमा हस्ताक्षर हुंदैन् भनेर प्रतिवद्धता जनाएपनि उनि अमेरिका भ्रमणमा सम्झौंतामा हस्ताक्षर गर्नेमा रहेको बताइन्छ ।
सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको विरोधका कारण गठबन्धनमा संकट नआओस र आफ्नो अमेरिका भ्रमण नरोकियोस भनेर देउवाले यस्तो भनेको स्रोतको दावी छ ।
प्रधानमन्त्री देउवाले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेर एसएसपीलाई अघि बढाउने बारेमा छलफल गरिसकेका छन् । तर, शर्मा आफ्नो कार्यकालमा यो बिबादमा नफस्ने दाउमा छन् ।
देउवाले बुधवारको बैठकमा मन्त्रिमण्डल अमेरिका भ्रमणअघि नफेर्ने अडान राखेका छन् । प्रधानमन्त्री देउवाको उक्त अडानपछी एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र देउवाबीच बैठकमा भनाभन समेत भएको स्रोत बताउंछ ।
माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाका नेताहरुले मन्त्रिमण्डल पुर्नगठन गर्न प्रधानमन्त्रीलाई दबाब बढाएपछी शुक्रबार मन्त्रिमण्डल पुर्नगठन हुने सम्भावना छ ।




प्रतिक्रिया