साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानलाई ६–१ गोल अन्तरले हरायो

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानलाई ६–१ गोल अन्तरले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा पूर्णिमा राई स्टार बनिन्। उनले १८औं, ५३औं, ८३औं र ८८औं मिनेटमा चार गोल गर्दै ह्याट्रिक गरिन्।

यस्तै, सोनु परियारले दुई गोल थप्दै टोलीलाई बलियो अग्रता दिलाइन्।

भुटानका लागि एक मात्र सान्त्वना गोल केल्देन वाङ्मोले गरेकी हुन्।

चार टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन फारम्याटमा सञ्चालन हुँदैछ। नेपालले अब दोस्रो खेल आइतबार बंगलादेशसँग खेल्नेछ।