महावीरले संसदमा पट्या्रलाग्दो भाषण दिएपछि हर्कको प्रतिवादः तपाईं सत्तापक्ष कि प्रतिपक्ष ?

महावीरले संसदमा पट्या्रलाग्दो भाषण दिएपछि हर्कको प्रतिवादः तपाईं सत्तापक्ष कि प्रतिपक्ष ?

फाइल।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले विज्ञान प्रविधि तथा वनप्रवर्तनमन्त्री महावीर पुनलाई सत्तापक्षको कि प्रतिपक्षको भन्दै प्रश्न गरेका छन् ।

विनियोजन विधेयकमाथि मन्त्रालयगत शीर्षकमा भएको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको पट्यार लाग्दो जवाफ दिने क्रममा पुनले ऐन/कानून र बजेटजस्ता विषयको अभावमा नवप्रवर्तनका क्षेत्रमा सोचेजस्तो काम गर्न कठिन रहेको बताएका थिए ।

राईले सरकारले सदनमा गुनासो गर्न नमिल्ने स्मरण गराए ।

‘मन्त्रीज्यूले लामै कुरा सुनाउनुभयो । म के ध्यानाकर्षण गराउ चाहन्छु भने सरकारले गुनासो गर्ने होइन । मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्नेकुरा थाहा हुनुपर्छ । यस्तो कानून भएन, उस्तो कानून भएन भनेर लामो गीत हामीलाई सुनाउनुभयो’, राईले भने, ‘अर्को चोटिदेखि त्यो समयमा ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ ।’


यस्तै राईले पुनको मन्त्रालयमा २ अर्ब ५१ करोड रुपैयाँ अबण्डामा राखिएकामा पनि आपत्ति जनाए ।

‘अबण्डामा बजेट राख्नु हुँदैन भन्ने हाम्रो बजेटको सिद्धान्त हो । कुनै बहानामा रकम दुरुपयोग नहोस्’, पुनले भने ।

अबण्डा शीर्षकको रकम धरान इनोभेसन सेन्टरमा सामान खरिदमा छुट्याउन । आग्रह गरे ।